त्रिपाल पुर्याउन नसकिएपछि जस्तापाता वितरण

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

काठमाडौ । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पर्याप्त संख्यामा त्रिपाल पुर्याउन नसकिएपछि जस्तापाता वितरण गर्ने सम्बन्धमा गृहकार्य सुरु गरिएको छ ।

सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, गोरखा, काठमाडौ, भक्तपुर, ललितपुर, रसुवा, काभ्रे, ओखलढुंगा लगायत भूकम्पबाट प्रभावित १५ जिल्लामा अत्याधिक संख्यामा त्रिपालको माग हुन थालेपछि वैकल्पिक समस्या समाधानको माध्यामका रुपमा सरकारले जस्तापातालाई अगाडि सार्न लागेको गोरखापत्रमा खबर छ ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच लाख थानभन्दा बढी त्रिपालको माग भइरहे पनि हालसम्म सहरी मन्त्रालयमार्फत वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई लाख ३२ हजार थान त्रिपाल वितरण गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा सवैभन्दा बढी त्रिपालको माग भइरहेको जनाउँदै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापालले वैकल्पिक ब्यवस्थाका रुपमा तत्काललाई जस्तापाता पनि उपयुक्त हुने बताए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७