काठमाडौमा टुंगियो ‘दुबई यात्रा’

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

laasकाठमाडौ । दुई महिनाको छुट्टि सिद्धिएको थियो । दाङको सौडियार-१ अघराका दुर्गाबहादुर बस्नेत महाभूकम्पको अघिल्लो दिन वैशाख ११ गते शुक्रवार ‘दुबई’ यात्राका लागि घरबाट निस्कँदै थिए । काम गर्ने कम्पनीसँगको ‘बिदा सम्झौता’ अनुसार वैशाख १३ गते उनी काठमाडौबाट उड्नुपर्ने थियो ।

दुई वर्षपछि घरफिर्ने श्रीमानको आश्वासनले खिमाको मन जेनतेन सम्हालिएको थियो । दुर्गाले श्रीमतीलाई सपना देखाइरहेका थिए, ‘फर्केर आएपछि अर्को घर हालम्ला, अनि सुखमय जीवन बाँचम्ला ।’ उनी टिकाटालो गरेर काठमाडौका लागि सडकमा के निश्किएका थिए, झरी बर्सियो । खिमाको मनले ‘अशुभ’ महसुस गर्यो । श्रीमानलाई रोक्न खोजिन् उनले ।

‘घर फर्किम, आज नजानुस्, बरु भोलि शनिबार विहानै म पनि जान्छु, सँगै जाम्ला भनेकी थिएँ ।’ खिमाले सम्भिन्, ‘मान्दै मान्नु भएन ।’ त्यही दिन बेलुका पाँच बजे रात्रीबस चढ्दै दुर्गाले खिमालाई भनेका थिए, ‘सुर्ता नमान्नू, आफू र छोराछोरीलाई ख्याल गर्नु ।’

दुई वर्षको भाका राखेर दुबईका लागि घरबाट निश्किएका दुर्गाले वैशाख १२ गते शनिवार विहानै काठमाडौ पुगेर फोन गरे । उनी गोंगबुस्थित सयपत्री गेष्ट हाउसमा बसेका रहेछन्, नागरिक दैनिकमा खबर छ ।

रातभर बसयात्रा गरेर शनिबार बिहान मात्र काठमाडौ पुगेका उनी खाना खाएर होटलमा आराम गरिरहेका बेला भुइँचालो आयो । भाग्ने कोशिश गर्दा गर्दै होटल पुरै भत्कियो । त्यहीँ च्यापिएर उनको मृत्यु भयो ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७