आईपीएल: हैदराबादद्वारा दिल्ली ६ रनले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

IPL SRH vs DDकाठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई ६ रनले पराजित गरेको छ ।

रायपुरमा हैदराबादले प्रस्तुत गरेको १६४ रन लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । उसका लागि केदार जाधवले ६३ रनको शानदार पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।

दिल्लीको सुरुवात निकै खराव थियो । श्रेयर अथ्यर शुन्यमै आउट भए । तर, अर्का ओपनर क्विन्टन डिककले पारी सम्हाले । उनले ३१ बलमा ५० रन बनाए । लगतै युवराज सिंह २ र जेपी डुमिनी १२ रनमा आउट भए ।

केदार जाधब र शौरभ तिवारीले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।

अन्तिम ओभरमा १६ रन चाहिएको थियो । इशान्त शर्माको पहिलो बलमा तिवारीले चौका हान्दै जितको आश देखाएका गिथए । तर, त्यसपछि कुनै पनि बलका बाउन्ड्री गएन र ६ रनले पराजित भयो । जाधव ६३ र तिवारी २६ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको सनराजर्स हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

उसका लागि मोइज हेनरिक्सले उत्कृट पारी खेले । उनी ७४ रनमा अविजित रहे । ४६ बलको सामना गरेका उनले एक चौका र ५ छक्का हाने ।

शिखर धवन १३ र डेभिड वार्नर १७ रनमै आउट भए । इयान मोर्गानले २२ रन बनाए भने कर्ण शर्माले १६ रन जोडे । रवी बोपारा १७ रनमा अविजित रहे ।

सम्बन्धित खबरहरु