कपाल झरेर हैरान हुनुहुन्छ ? अब चिन्ता लिने हैन योगा गर्न सुरु गर्नुहोस । योगा हाम्रो शरीरको लागि निक्कै नै उपयोगी हुन्छ। तपाईको कपाल झरेको छ भने आजैबाट सर्वाङगासन योगा आसान गर्न शुरु गर्नु पर्ने हुन्छ । हर्मोन आवश्यक्ता भन्दा ज्यादा हुँदा पनि धरैजसो मानिसहरुमा कपाल झर्ने ,कुनै पनि कुरा सम्झने नसक्ने ,अत्याधिक मोटाउने ,दुब्लाउने जस्ता समस्याले सताउँछन् । यो सबैको कारण थाइराइड ग्लैंड बढि हुँदा निम्तेको समस्या हो।

 सर्वाङगासनले हाम्रो थायोराइड ग्लैंडलाई नियन्त्रणमा राख्छ र टाउकोसम्म राम्रो रक्त संचार हुन्छ। यो सर्वाङगासन अभ्यास नियमित गर्यो भने कपाल झर्न कम हुन्छ नै यसको साथ साथै पाचन प्रणालीको समस्याबाट पनि छुटकारा पाउँन सकिन्छ । नियमित अभ्यासले हाम्रो हर्मोन सहि अवस्थामा आँउछ र सम्झने सक्ने शक्तिपनि बढ्छ ।

कसरी गर्ने त सर्वाङगासन ?

सबैभन्दा पहिले योगा म्याटमा आकाशतिर हरेरे सुत्नुस,अनि दुबै खुट्टा एकसाथ राख्ने अनि दुबै हात कम्मरमा राख्ने । बिस्तारै स्वास लिएर दुबै खुट्टा एकै साथ ३० डिग्री बराबर उठाउँने र केहि सेकेंड यसैगरि बसिराख्ने,अनि बिस्तारै ६० डिग्री हुँदै ९० डिग्रीसम्म खुट्टा माथि उठाउने। अनि स्वास बिस्तारै छाड्दै दुबै खुट्टा बिस्तारै भुईमा राख्ने र केहिबेर शवासानमा सुत्ने। तर बिचार गर्नुस कम्मर र गर्धन दुख्ने समस्या छ भने यो आसन नगर्नुहोला…

सम्बन्धित खबरहरु