संकल्प प्रस्तावमाथि आज पनि छलफल हुने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

जनबोली २८ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदमा सरकारले पेस गरेको संकल्प प्रस्तावमाथि आज पनि छलफल हुने भएको छ ।

संविधान सभा भवन नया बानेश्वरमा हिजो बसेको संसद बैठकमा सभासदहरुले बोल्ने क्रम नसकिएकाले आज मध्यान्न बस्ने बैठकमा पनि यही विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

हिजोको बैठकमा विभिन्न दलका सभासदहरुले भुकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा सुरक्षित आवास उपलब्ध गराउन माग गरेका छन् ।

बैठकमा सभासदहरुले पिडितलाई प्रभावकारी रुपमा सरकारले राहत दिन नसकेको गुनासो गरेका छन् । सरकारका तर्फबाट ल्याएको संकल्प प्रस्ताव प्रमुख तिन दलका प्रमुख सचेतकले प्रस्ताव गरेका छन भने संसदमा रहेका दलले समर्थन गरेका छन्।

२७ बुँदे प्रस्तावमा घरबारबिहिन पिडितलाई नयाँ घर निर्माण नभएसम्म भरपर्दो अस्थायी बासस्थान ब्यबस्था गर्ने, खाद्यान, शुद्ध पिउने पानी, औषधि र सुरक्षा ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

ध्वस्त भएका घरमा डेरा लिई बसेका वा घरपसल भाडामा लिई उद्योग ब्यवसाय गरिरहेका ब्यक्तिहरुको वास्तविक क्षति यकिन गरि आवश्यक राहत अपलब्ध गराउने प्रस्तावमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७