जापानको नेपाली राजदूतावासद्वारा उद्धार कोषमा २ करोड ५८ लाखजम्मा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

टोकियो । जापानको टोकियोस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवी उद्धार कोषमा २ करोड ५८ लाख ३९ हजार ८१ जापानी येन जम्मा गरेको छ ।

यही बैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुको उद्धार, राहत र पुनस्थापनाका लागि दूतावासले सहयोग संकलन गरी उक्त रकम जम्मा गरेको हो ।

टोकियोस्थित नेपाली दूतावासले जापान सरकारका विभिन्न निकाय, प्रिफेक्चरका सरकारहरु, नगरपालिका, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पीडितका लागि राहत दिएको जनाएको छ ।

जापानमा बस्ने सबै नेपाली, जापानीहरुले स्वतस्फुर्त रुपमा सहयोग गरेको राजदूतावासले जानकारी दिएको छ ।

उक्त रकम उद्देश्यअनुसार सही सदुपयोग, समुचित र पारदर्शी रुपमा पीडितहरुसम्म पु¥याउन नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा पठाउनका लागि नेपाली दूतावासमा बुझाई भर्पाइ लिन तथा बैंक खातामा जम्मा गरेर राजदूतावासलाई जानकारी गराउँन पनि आग्रह गरिएको छ ।

latter

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७