२०७२ वैशाख २९ गते, मंगलबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ ब‌ैशाख, २०७२
वि.सं.२०७२ साल वैशाख २९ गते। मंगलबार।
शकसंवत् १९३७। कीलक संवत्सर। इश्वी सन् २०१५ मे १२ तारिख।
नेपाल संवत् ११३५ वछलागा। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष।
तिथि– नवमी, रात्रि १०:५५ बजेउप्रान्त दशमी।
नक्षत्र– धनिष्ठा, बिहान ८:०८ बजेपछि शतभिषा।
योग– ब्रह्म, बिहान ७:४९ बजेदेखि ऐन्द्र, भोलि बिहान ४:४७ बजेउप्रान्त वैधृति।
करण– तैतिल, दिउँसो १२:७ बजेपछि गर, रात्रि १०:५५ बजेउप्रान्त वणिज।
आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कुम्भ।
काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– ६:४३ बजे र दिनमान ३३ घडी २९ पला।
पञ्चक।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि बीच बाटामै सकिने देखिन्छ। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्काल नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको साथ दिए पनि आँटेको काम पूरा नहुन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूबाटै धोका होला, सचेत रहनुहोस्।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि केही प्रतिस्पर्धा भने गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। यसले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। विशेष अवसरले पछ्याउने समय छ। पढाइलेखाइमा प्रगति हुनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर रहला। व्यापारमा पनि कम मात्र फाइदा होला। आफूलाई एक्लो महसुस हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। आफ्नै कमजोरीले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल समेत गुम्ने देखिन्छ, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। छर–छिमेकमा हुने असमझदारीले अप्ठ्यारो पर्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७
भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७