जस्ताकै बलियो घर बनाइन्छ तर अब ढुंगाको बनाइँदैन

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ ब‌ैशाख, २०७२

काठमाडौ । ‘बरु ढिलै गरिन्छ तर घरचाँही पिल्लर हालेरै बनाइन्छ,’ चौघडा-२ नुवाकोटका ८३ वर्षीय वृद्ध ढालबहादुर प्याकुरेलले जोसिँदै भने, ‘जस्तापाताले चारैतिर ढाकेर त्यतिन्जेल टिक्ने घर बनाइसकियो ।’ उनको भनाइको तात्पर्य बुझ्न कठिन छैन, भूकम्पले कमजोर घर बनाउनेको चेत खुलेको छ । ‘कुनै हालतमा पनि ढुंगाको गारो ठड्याइँदैन,’ उनले प्रष्ट परे ।

ढालबहादुर उनका केही वृद्ध साथीहरुसहित ताँदी खोला किनारको राधाकृष्ण मन्दिरसँगै जोडिएको चौतारीमा मध्यान्हको चर्को घाममा बसिरहेका युवासँग उनीहरुकै लवजमा गफिरहेका थिए । ‘असारमा ८४ गर्नुपर्ने थियो,’ उनले रमाइलो पारामा भने, ‘भूकम्पले अहिलै गरिदियो ।’ कारोबार दैनिकमा खबर छ ।

४० वर्षीय ध्रुवप्रसाद न्यौपानेले पनि उनका कुरामा समर्थन जनाए । ‘पिल्लरको सकिएन भने जस्ताकै बलियो घर बनाइन्छ तर अब ढुंगाको बनाइँदैन,’ सरकारले दिने भनेको २ प्रतिशतवाला ब्याजको ऋणतर्फ इंगित गर्दै उनले भने, ‘बरु त्यो ऋणको किस्ता तीन वर्षपछिदेखि मात्र तिर्नुपर्ने ब्यवस्था गरिदिए साह्रै राम्रो हुने थियो ।’

सम्बन्धित खबरहरु