IPL SRH vs KXIकाठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले किङ्ग्स इलाभेन पन्जाबमाथि ५ रनको रोमान्चक जित हात पारेको छ ।

हैदराबादले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभर निकै रोमान्चक रह्यो । ६ बलमा पन्जाबलाई २८ रन चाहिएको थियो । डेभिड मिलरले आक्रमक पारी खेलिरहेका थिए ।

इशान्त शर्माको पहिलो र दोस्रो बलमा छक्का हानेका मिलरले तेस्रो बलमा रन लिन सकेनन् । चौथो बलमा चौका हान्दै टोलीको आश जगाए । तर, पाँचौं बलमा रन दिन नसकेपछि हार निश्चित भयो । मिलरले ओभरको अन्तिम बलमा छक्का हाने र ८९ रनमा अविजित रहे ।

मोइज हेनरिक्सले तीन विकेट लिए भने विपुल शर्माले १ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

उसका लागि डेभिड वार्नले ८१ रन बनाए । ५२ बलको सामना गरेका उनले ५ छक्का र ६ चौका हाने । हेनरिक्सले २८ रन जोडे ।

१२ खेलबाट १४ अंक जोडेको सनराइजर्स तेस्रो स्थानमा छ । पन्जाबको भने १२ खेलमा दशौं हार हो र ४ अंकका साथ पुछारमा छ ।

सम्बन्धित खबरहरु