चर्केको भवनबाट भुकम्प मापन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० ब‌ैशाख, २०७२

bhukampa mapanसुर्खेत । हेर्दै आङ जिरिङ्ग हुने साढे तीन दसक पुरानो भवन। भूकम्पले सबैको मनमा कम्पन ल्याइरहेको बेला पुरानो घरभित्र पस्न हत्तपपत्त कसरी आँट आओस् र?  तैपनि जानैपर्ने थियो।

भित्र पस्दा अवस्था झन् डरलाग्दो। हात उठाउँदा सिलिङ छुने होचो कोठा। त्यहीँभित्र कार्यालय प्रमुख (सिस्मोलोजिष्ट) ठाकुर कँडेलसहित तीनजना प्राविधिक मंगलबारको भूकम्पन मापन गर्दै थिए।

‘म त माथिल्लो तलामा थिएँ, सुरुमा रोकिएर बसेँ’, प्राविधिक सहायक तीर्थ दहालले भने, ‘ठूलै धक्का दिएपछि हत्तपत्त बाहिर आँगनमा झरेँ।’

कार्यालय प्रमुख कँडेलसहितका कर्मचारी पनि त्यसैगरी बाहिर निस्किए, दहालसँगै तर, अरुलाई जस्तो बाहिरै बस्ने सुविधा उनीहरुसँग थिएन। तुरुन्तै सम्हालिएर भित्र पसे। कम्प्यूटरको माउस हातमा लिँदै भूकम्पीय धक्काको मापन गर्न थाले।

वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्रमा पुग्दा कार्यालय प्रमुख कँडेल काठमाडौंस्थित केन्द्रीय भूकम्प मापन केन्द्रसँग सम्पर्क गर्दै थिए। सुर्खेत र काठमाडौंमा रहेका दुईवटा केन्द्रको सूचना संयोजनपछिमात्र नेपालभित्र केन्द्र बनाएका भूकम्पको आधिकारिक जानकारी दिने गरिन्छ।

‘६ दशमलब ८ रेक्टर स्केलको भूकम्प हो।’  आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु