राति पनि तीनपटक सम्म पराकम्पन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० ब‌ैशाख, २०७२

काठमाडौं । मंगलबार राति तीन पटक भूकम्पका धक्का गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको छ।

त्यसैगरी राति नै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र  ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि काठमाडौंलाई केन्द्र बनाएर पहिलोपटक भूकम्प गएको हो । मंगलबार दिउँसो गएको ठूलो भूकम्पको केन्द्र दोलखा र सिन्धुपाल्चोकको सिमाना थियो।

मंगलबार दिउँसो १२ बजेर ५२ मिनेटमा ६.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि दर्जन बढी धक्का गइसकेका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु