२०७२ वैशाख ३० गते, बुधबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३० ब‌ैशाख, २०७२

काठमाडौं । आज मिति २०७२ साल बैशाख ३० गते बुधबार, जेष्ठ कृष्ण दशमी । तद अनुसार सन् २०१५ मे १२ तारेख । आजको दिन तपाईंको कस्तो रहेको छ त, हेरौं आजको राशिफलमा ।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सम्बन्ध सुखमय रहनेछ। पतिपत्नीबीच सद्भाव बढ्नेछ। मन प्रफुल्ल रहनेछ। सन्तान सुख प्राप्त हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्यापनमा सफलता प्राप्त हुनेछ। आय आर्जनको नयाँ स्रोत देखा पर्नसक्छ। अनावश्यक खर्च घट्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वापराक्रम बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। शारीरिक चोटपटक लाग्नेछ।।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्त्रीको सहयोगले मानप्रतिष्ठा वृद्धि हुनेछ। नवीन कार्यको अवसर मिल्नेछ। कुरा काट्नेहरू बढ्नेछन्।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा उत्साह बढ्नेछ। काममा स्थिरता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। शारीरिक आकर्षण बढ्नेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मन विचलित रहनेछ। बोल्दा विचार पुस्याउनुहोला। व्यवसायमा लाभ मिल्नेछ। बुद्धिको विकास हुनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवसाय अपेक्षाकृत् लाभ मिल्नेछ। आँखाको समस्या देखा पर्नसक्छ। मानप्रतिष्ठा वृद्धि हुनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। आफन्तसँग को लेनदेनमा मनमुटाव बढ्नसक्छ। द्विविधा बढ्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
परिवारिक सौहार्द बढ्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। शत्रु परास्त हुनेछन्। इच्छाशक्ति बढ्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
स्वास्थ्यमा समस्या आउनाले दिन अलि कष्टकर रहनेछ। आय आर्जनमा अवरोध आउनेछ। धर्ममा उदासीनता बढ्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मित्रको सहयोग प्राप्त हुनेछ। कार्य सफल हुनेछ। पेटको समस्याले सताउन सक्छ। अध्ययनमा सुधार हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
व्यापार व्यवसाय सामान्य रहनेछ। मित्रले धोका दिन सक्नेछन्। चोटपटक लाग्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७