भूकम्पले चर्काएको कलंकीको सात तले घर भत्कियो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३१ ब‌ैशाख, २०७२

IMG_2784

३१ वैशाख, काठमाडौं । भूकम्पकाले चर्किएको कलंकीको एक सात तले घर भत्किएको छ । शिवनगरस्थित आनन्दबुद्ध मानन्धरको घर भत्किएको हो ।

वैशाख १२ गते गएको भूकम्पले चर्किएको घर वैशाख २९ गते गएको भूकम्पका कारण थप क्षति पुगेको थियो । लड्ने अवस्थामा रहेको घर बिहीबार बिहान भत्किएको प्रहरीले जनाएको छ ।

भत्किने खतरा रहेकाले घरमा कोही नरहेको तथा नजिकै पनि स्थानीयबासी कोही नबसेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

घटनाको वास्तविकता बुझ्न प्रहरीको टोली केहीबेरअघि त्यसतर्फ गएको छ । पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित खबरहरु