श्रीमान विदेश भएका बेला भतिजाको गर्भ बोकेर शिशु मार्ने उमितालाई सर्वस्वसहित जन्मकैद

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३१ ब‌ैशाख, २०७२

नवजात शिशु मारेर फालेको आरोपमा पक्राउ परेकी खोटाङकी एक महिलालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
असार २७ गते नवजात शिशुको हत्या गरेर फालेको आरोपमा पक्राउ परेकी याम्खा–५ की २८ वर्षीया उमिता परियारलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमले जानकारी दिए ।
उमिताले शिशु जन्माउनासाथ मकैबारीमा फालेको जानकारी स्थानीयले गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
श्रीमान विदेश गएको समयमा नाताले भतिजा पर्ने विनोद परियारसँगको यौन सम्बन्धबाट उनमा गर्भ रहेको खुलेको थियो ।
घटनापछि विनोद भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७