२०७२ वैशाख ३१ गते बिहीबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३१ ब‌ैशाख, २०७२

Raasi

आजको पञ्चाङ्ग

वि.सं. २०७२ वैशाख ३१ गते बिहीबार तदनुसार ई. सं. २०१५ मई १४ तारिख,

किलक नामक संवत्सर, शाके :१९३७, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :११३५, (वछलागा)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे

ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि, साँझ ०६:१४ बजेसम्म, त्यसपछि द्वादशी तिथि,

उत्तराभाद्रा नक्षत्र, बिहानको राती ०३:२६ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),

विष्कुम्भ योग, बेलुका १०:५३ बजेसम्म, त्यसपछि प्रीति योग,

कौलव करण, साँझ ०६:१४ बजेसम्म त्यसपछि तैतिल करण,

आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, नक्षत्रशूल : दक्षिण,

आजको व्रत÷पर्व : अपरा एकादशी व्रत,

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास(जग राख्ने), गृहप्रवेश, दैलो राख्ने,

आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ मूहुर्त :

०१ गते : प्रदोष व्रत, ज्येष्ठ सङ्क्रान्ति, रुद्राभिषेक(रुद्रीपूजा),

०२ गते : नेवारी पर्व सिथिचह्रे पूजा, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,

०३ गते : दर्श श्राद्ध, निशि बार्ने दिन, बटसावित्री व्रत, अग्निवास(होमादि),

आजको राशिफल


ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

taurus

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज विगतका कमीकमजोरी सम्झने दिन होइन, सफलता तपाईंको मुट्ठीमा छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

cancer

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

leo

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

virgo

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

libra

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

scorpio

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अध्ययन, अध्यापन र लेखनकार्यमा गरिएको मिहिनेत खेर जानसक्छ । व्यावहारिक र प्राविधिक काममा लामो समयसम्म खट्नु पर्नेछ, यद्यपि सफलता नमिल्न सक्छ । बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति समय दिन सक्नुहुन्न । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

sagittarius

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

capricorn

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सम्पति बेचबिखन वा कुनै करार वा समझौतामा हस्ताक्षर गर्दा होस पुर्याउनु पर्छ, जान्ने र अनुभवीको सल्लाह लिंदा राम्रो हुन्छ । साझेदार वा सहयोगीसँग निराशा हुनसक्छ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट कुनै समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

pisces

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज मन उत्ताउलो बन्न सक्छ, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस हुनेछ । नियमित तथा दैनिक कामधन्धाबाट खासै फाइदा लिन सकिने छैन । ऋणसापटीमा गएको धन फिर्ता लिने प्रयास हुनेछ, तर उपलब्धी नहुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सम्बन्धित खबरहरु