दिप बनो्स् यो हाम्रो जीवन-भिडियो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १ जेठ, २०७२

वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परि ज्यान गुमाउनेहरुका प्रति समर्पित गर्दै सत्य स्वरुपराज आचार्यको स्वरमा भुकम्प विशेष गीत युट्युबमा सार्वजनिक भएको छ ।

कतिपयले त भूकम्पको गीत पीडितले हेर्न नपाउने भन्दै बरु राहतमा पैसा खर्च गर्न आग्रह पनि गरेका छन् । तर, भूकम्प गएपछि मानिसहरुलाई निराशा भन्दा पनि हौसला दिने उद्देश्यले गीत तयार भैरहेका छन् । श्रद्धाञ्जली स्वरुप मृत आत्माको चिर शान्तिको कामना गर्दै दिप बनोस् भन्दै सुरुवात हुने गीतको हरफले अभाव, परिस्थिति र तत्कालिन वातावरणलाई आधार पारेर विनोद वन्जाराले रचना गरेका हुन् । राजनराज सिवाकोटीको संगित रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ भने गीतको अडियोलाई एशियन म्युजिकले बजारमा ल्याएको छ ।

satya

भुकम्प विशेष यो गीतमा सत्य स्वरुप आफैँ पनि भिडियोमा राहत बाँडिरहेका देखिन्छन् । भुकम्पका प्रशस्त तस्विरलाई पृष्ठभुमीमा प्रयोग गरेका देखिएका छन् । फरक शैलीमा निर्माण गरिएको यो भिडियोमा सत्य स्वरुपको स्वरले जो कसैलाई मन्त्रमुग्ध पार्नेछ ।

हरि हुमागाईँको छायांकनलाई निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् भने भिडियो निर्माण प्रदीप बोगटीले गरेका छन् ।

यस प्रकारको भिडियो निर्माण गर्नु मेरो लागि विशुद्ध नौलो थियो भन्दै निर्देशक भण्डारीले फुटेज प्रशस्त खेलाएको छु । तस्विरहरुलाई पनि पृष्ठभूमीमा आकर्षक शैलीमा प्रस्तुत गरेको छु । भिडियोमा वास्तविक पात्रहरुको फुटेज खेलाएको छु । समयको ख्याल गर्नु थियो, जति सकेँ, मैले जति बुनेँ, त्यो सबै मैले मिलाएँ भन्न म सक्दिन ।

यस प्रकारको भिडियो निर्माण गर्न प्राविधिक रुपमा ठूलै झमेला सहनुपर्ने हुँदो रहेछ । प्राविधिक सामाग्री यथेष्ट नभए भिडियो परिकल्पना गर्न नसकिने रहेछ । भिडियोमा केही प्राविधिक सामाग्र्रीहरुको अभावलाई सम्भवतः मैले ढाक्ने प्रयास गरेको छु ।

यो गीतले भूकम्पबाट नैराश्यता भन्दा पनि एक आपसमा हातमा हात मिलाएर अगाडि बढ्न अपिल गरेको छ ।

हेर्नुहोस् भिडियो

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७