भूकम्प प्रभावित क्षेत्रमा एमालेको दश हजार स्वयं सेवक खटाउने योजना

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ३ जेठ, २०७२

uml central committe

काठमाडौं । सत्तारुढ घटक नेकपा एमालेले गत बैशाख १२ गते र २९ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकमा क्षेत्रमा आफ्ना १० हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले स्थायी समितिको बैठकले निर्देशिका पारित गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा एक सय जनाका दरले भूकम्प पीडितको राहत र पुनस्थापनाका लागि स्वयमसेवक दस्ता परिचालन गर्ने निर्णय गरेको हो ।

एमालेका स्यवंसेवकहरुले जेठ १० देखि असार १० सम्म प्रभावित जिल्लाका ५० वटा निर्वाचन क्षेत्रमा खटिएर काम गर्ने एमालेले जनाएको छ ।

स्वयसेवकहरुले जस्तापाता, पाल–त्रिपालका अलावा गाउँघरमा उपलब्ध हुने खर, पराल, छवाली, बाँस, चित्रा, स्याउला, काठलगायतका सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माणमा सहयोग गर्नेछन् ।

यस्तै भत्किएका भौतिक संरचनाबाट खाद्यसामग्री र घरायसी सामानलगायतका बस्तुहरु झिक्न समेत सहयोग गर्ने एमालेले जानकारी दिएको छ ।

एमालेले ‘नेपाली योजनाः अन्तराष्ट्रिय साथ राज्यको नेतृत्व हरेक नेपालीको हात’ भन्ने नारा तय गर्दै पार्टी सचिव गोकर्ण विष्टको संयोजकत्वमा ७३ सदस्यीय अभियान सञ्चालन समिति बनाएको छ ।

सम्बन्धित खबरहरु