नेपालकै होची महिला मालतीका बुबाको डुबेर मृत्यू, एकमात्र साहारा टुटेपछि मालती एक्लि


मोरङ्ग । नेपालकै होची महिला मालती मिरर (ऋषिदेव) का बुबाको डुबेर मृत्यू भएको छ । मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नं. ४ स्थित नेपालकै होची युवती दाबी गरीएको १८ बर्षिया मालती मिरर (ऋषिदेव) का बुबा रमेश ऋषिदेबको पानीमा डुबेर मृत्यू भएको हो । साँझ ६ः०० बजे हरिनारायण चौधरीको खेतमा काम गर्दा गर्दै खेतमा लडेका उनको त्यही मृत्यु भएको बताइएको छ ।

लामो समयदेखि मीर्गी रोगबाट पीडित रमेश ऋषिदेब गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) को भृत्यू संगै मालतीको लालनपानमा थप समस्या आएको छ । नेपालकै होची युवती दाबी गरीएको १८ बर्षिया मालती मिरर (ऋषिदेव) को उचाई ३२ इन्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्