भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष विसर्जन चोभारमा

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ जेठ, २०७२

सरकारले चोभारस्थित हिमालसिमेन्ट कारखानाको ढुङगा निकालेको खाल्टोमा भूकम्पबाट क्षतिग्रस्त भग्नाशेषव विसर्जनगर्ने तयारी गरेको छ। स्थानीयविकास मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाका भग्नावशेषलाई संकलन गरेर चोभारमा विर्सजनको तयारी गरेको हो। भग्नावशेष विर्सजन गर्दा स्थानीयलाई कुनै असर नपर्ने भन्दै मन्त्रालयले स्थान प्रस्ताव गरेको कान्तिपुर दैनिकमा खबर छ। मन्त्रालयका सचिव सोमलाल सुवेदीको निर्देशनमा काठमाडौं महानगरपालिका वातावरण विभागको एक टोलीले बिहीबार निरीक्षण गरी स्थान उपयुक्तभएको निष्कर्ष निकालेको हो। महानगरअन्तर्गतको वातावरण विभागप्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले भग्नावशेष विर्सजन गर्दा स्थानीयलाई कुनै असर नपर्ने बताए। खाल्टो पुरे स्थानीयक्लवले खेलमैदानको रुपमाप्रयोग गर्नु सक्ने भन्दै उनले भग्नावशेषपुर्दा वातावरणलाई कुनै असर नपर्ने बताए। उपत्यकाबाट नजिक, पुर्दा खासै असर नपर्ने, खाल्डो पुर्दा खेलमैदानको रुपमाप्रयोग गर्न सकिने बताए। हटाएका भग्नावेशषलाई विर्सजन गर्न निकै कठिनाई भएको भन्दै उनले चोभार नै उपयुक्त स्थानभएको उनको भनाई छ। हिमालसिमेन्ट कारखानाले उक्त स्थानबाट सिमेन्टका लागि ढुङगा निकाल्ने काम गरेको थियो। सिमेन्ट कारखानाबन्द भएपछि उक्त स्थान खाल्टोरुपमा परिणत भएको छ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७