ओली सरकारको अहिले सम्मकै महत्वपूर्ण मन्त्रीपरिषद बैठकले गर्यो यस्ता १३ निर्णयहरु


काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आजको मन्त्रीपरिषद्को बैठक अत्यन्तै महत्वपूर्ण बनेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न महत्वकांक्षी निर्णयहरु गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरू यसप्रकारका रहेका छन् ।

  • भारतका लागि नेपाली राजदुतमा निलकण्ठ उप्रेतीलाई सिफारिस ।
  • उदयराज पाण्डेलाई मलेसियाको राजदुतमा सिफारिस ।
  • सरकारी स्वामित्वमा रहेका सबै कर्मचारीहरुको बैक खातामार्फत् पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय ।
  • श्रमिकहरुको हकमा भने सरकारले बैकमार्फत पारिश्रमिक भुक्तानीको काम पुस मसान्त भित्र गरिसक्ने निर्णय ।
  • राजस्व प्राधिकरण काठमाडौंको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधिश किशोर सिलवाललाई नियुक्त ।
  • भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माणका लागि एशीयाली विकास बैंकबाट करिव १ सय ६४ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान सहायता लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय ।
  • नेपाल न्याय सेवा न्याय र कानुन समूहको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतहरु मध्ये न्याय तर्फ १० जना र कानुन तर्फ ५ जना सरुवा ।
  • भू–सूचना प्रणाली संचालन पहिलो संचालन निर्देशिका, २०७५ पनि स्वीकृत ।
  • आम संचारसम्बन्धि नयाँ विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति ।
  • राहदानी सम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न पनि स्विकृति प्रदान, विद्युतीय राहदानी जारी गर्ने निर्णय ।
  • विभिन्न मन्त्रालय र प्रदेशका मन्त्रालयहरुको संगठन संरचनासम्बन्धि प्रस्ताव पनि पारित ।
  • युवा परिषदलाई जिल्ला समन्वय समितिसँग समन्वय गरेर काम गर्ने व्यवस्था ।
  • संविधानको प्रावधान अनुसार गाउँ पालिकाको अनुरोधमा विभिन्न गाउँपालिकाहरुको केन्द्र तोक्ने निर्णय ।
प्रतिक्रिया दिनुहोस्