सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीले किन गरे आत्महत्या ?

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ जेठ, २०७२

 

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उप्रेतीले रातोपुलस्थित आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

BHARAT-RAJ-UPRETIप्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पोसो लगाएर उप्रेतीले आत्महत्या गरेका छन् ।

घरमा उप्रेतीका पत्नी र एक सहयोगी पनि थिए । उनीहरुले खबर गरेपछि प्रहरी गएको थियो । कमलपोखरी प्रहरीका इन्स्पेक्टर नारायण रन्जितकारका अनुसार उप्रेतीको सुसाइड नोट पनि भेटिएको छ ।

परिवारका सदस्यहरुलाई सम्बोधन गरिएको सुसाइड नोटमा आफ्नो अन्त्येष्टि बाग्मतीमा नगर्न र शव शिक्षण अस्पतालका विद्यार्थीहरुलाई दिन भनेका छन् । साथै सुटाइट नोटमा उनले अाफ्नो मृत्युलार्इ स्वेच्छिक भनेका छन् । उप्रेतिले अाफ्नो किरिया खर्चको रकम भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिदिन अाग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७