२०७२ ज्येष्ठ ११ गते सोमबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ जेठ, २०७२

Raasi

आजको पञ्चाङ्ग

वि.सं. २०७२ ज्येष्ठ ११ गते सोमबार तदनुसार ई. सं. २०१५ मई २५ तारिख,

किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३५, (तछलाथ्व)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०७ बजे र सूर्यास्त : साँझ ०६:४० बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे

ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि, बिहान १०:०९ बजेसम्म, त्यसपछि अष्टमी तिथि,

मघा नक्षत्र, भोलिबिहान सूर्योदयसम्म कायम रहने छ ।  चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),

व्याघात योग, बिहानको राती ०५:२६ बजेसम्म, त्यसपछि हर्षण योग,

बब करण, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म त्यसपछि बालब करण,

आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व,

आजको व्रत÷पर्व : कुमार यात्रा,

आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),

आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ मूहुर्त :

१२ गते : भौमाष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, अग्निवास(होमादि),

१३ गते : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),

१४ गते : गङ्गा दशहरा, रामेश्वर गङ्गा पूजा, उपत्यकामा हत्यामोचन तीर्थस्नान, रिडीमा हृषिकेशोत्सव, बज्रगुरु पद्मसम्भवको जन्मजयन्ती, गोसाइँ कुण्डमा स्नान समाप्ति, शुभविवाह, ब्रतबन्ध (उपनयन), अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास(जग राख्ने), गृहप्रवेश, घर छाउने÷ढलान गर्ने,

आजको राशिफल


ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

taurus

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज दिनभरि राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

cancer

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिक्क र झर्को लाग्दो दिन हुनेछ । आर्थिक रुपमा समेत खासै लाभ लिन सकिने छैन । परिवार र कुटुम्बपक्षमा कलह, विवाद र झगडाको वातावरण हुनाले मन खिन्न हुनेछ । आफूले ताके बमोजिम मित्रले सहयोग गर्न सक्ने छैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

leo

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

हतार वा आवेशमा आएर गरेको कामले तपाईलाई दीर्घकालिक असर पुर्याउन सक्छ । मित्रवर्गमा भरोसा नगर्नु राम्रो हो । शत्रुपक्ष अझै हाबी हुनसक्छन्, झैझगडा र प्रतियोगितात्मक क्रियाकलापमा नहौसिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

virgo

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

libra

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अध्ययन अध्यापनको क्षेत्रमा ध्यान केन्द्रित हुन सक्दैन । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । व्यापारबाट लाभ मिल्न कठिन छ । नोकरी र सामाजिक क्षेत्रमा अपमान ब्यहोर्नुपर्छ । भविष्यप्रतिको चिन्ता बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

scorpio

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

sagittarius

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज छात्रछात्रालाई भोजन प्रदान गरेमा तपाईंको भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा तपाईंले सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

capricorn

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । आज लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

pisces

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । सम्पत्तिको विवाद निराकरण गर्ने दिन हो । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७