फेरि गयो ५ रेक्टर स्केलको भूकम्प

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ जेठ, २०७२

काठमाडौं, ११ जेठ – सोमबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रविन्दु बनाएर बिहान ३ः२३ बजे ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको पराकम्पन हो । उक्त भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । तर यो पराकम्पनले क्षति भने नपुर्याएको गोरखा प्रहरीले जनाएको छ ।

त्यसअघि राति ११ः१५ बजे दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित खबरहरु