यो सालको पहिलो चन्द्र ग्रहण यही श्रावण ११ गते शूरु हुँदैछ । यसअघि ३१ जनवरीमा ग्रहण लागेको थियो । उक्त चन्द्रग्रहण साँझ ६ बजेर ४५ मिनेट जाँदा शुरू भएर रातको ९ बजेर ५ मिनेट जाँदा सम्म लागेको थियो । अब यो सालको पहिलो ग्रहण २७ जुलाई अर्थात ११ श्रावणमा लाग्दैछ । यो ग्रहण मध्‍यरात्रि करीब ११ बजेर ५४ मिनट जाँदा शुरू हुनेछ । ग्रहणको मध्यकाल राती १ बजेर ५४ मिनटमा हुनेछ ।

ग्रहण जुलाई २८ जुलाई अर्थात १२ गते बिहान ४ बजेर ४९ मिनटसम्म लाग्नेछ । यसैले यो चन्द्रग्रहणलाई इतिहासकै लामो ग्रहण भनिएको छ । ग्रहणको समय तपाईले देखिएको चन्द्रमाको दृष्य अद्भभुत देखिनेछ । जुन त्यस्तै त्यस्तै जनवरी ३१ को चन्द्रग्रहणमापनि देखिएको थियो । हामी त्यही बेला देखिएका केही अद्भुत तस्विर देखाइरहेका छौ ।

ग्रहणमा देखिनेछ ब्लडमून
ग्रहणको बीचमा चन्द्रमा रातो हुनेछ । त्यो बेलापनि देखिएको थियो । यसलाई रक्तचन्द्रमा अर्थात ब्लडमून भनिन्छ । चन्द्रमामा ग्रहण बढ्दै जाँदा यस्तो देखिनेछ । जब जब ग्रहण बढ्दै जान्छ भन्द्रमा छोपिदै जान्छ । यस्तो देखिनेछ ।

चन्द्रमा एउटा कुना मात्र देखिनेछ
जनवरीको ग्रहण जस्तै ग्रहणको समय चन्द्रमा एक कुना मात्र उज्यालो देखिनेछ । जब ग्रहणको धब्बा सकिनै लाग्छ । चन्द्रमामा देखिने ग्रहणको धब्बा सकिनै लाग्दा यस्तो देखिनेछ । ग्रहणबाट पूर्ण रुपमा चन्द्रमा मुक्त हुँदा यस्तो देखिनेछ जनवरीको ग्रहणमा ग्रहणको समय समाप्त भएपछि यस्तो देखिएको थियो । यो पटकपनि ग्रहण समाप्तिपछि चन्द्रमा यस्तो देखिनेछ ।

अन्तिम समय
ग्रहण समाप्त हुनुभन्दा पहिलो चन्द्रमाको कुनामा मात्र ग्रहणको संकेत देखिनेछ । यसरी छोटिदै जानेछ । समाप्त हुने बेला चम्किनेछ सबै ग्रहण हटेपछि चम्किलो चन्द्रमा देखिनेछ ।

सम्बन्धित खबरहरु