‘तीज क्वीन’ का रुपमा चर्चित छिन् गायिका सुनिता दुलाल । सुनिता प्रत्येक वर्ष नेपाली नारी लक्षित तीजमा गीत निकाल्छिन् अर्थात गाउँछिन् । उनले त्यतिकै ‘तीज क्वीन’ उपमा पाएकी होइनन् । ०६०÷०६१ सालयता उनले निरन्तर तीज गीत गाउँदै आएकी छन् । सुनिताको तीज गीतमा नेपाली मौलिकता पाइन्छ । सुनिताले यसपटक ‘पातै राम्रो पिपलुको फूलै राम्रो बेली’ बोलको गीत ल्याउँदैछिन् । तीज नारी पर्व भएकाले गीत पनि नारीप्रति सर्मपित हुनुपर्ने उनको मान्यता छ । यिनै ‘तीज क्वीन’ सुनितासँगको कुराकानी

यसपालीको तीजलाई के तयारी गर्दै हुनुहुन्छ ? तीज गीतको तयारी गरेकी छु । यसपटक ‘पातै राम्रो पिपलुको फूलै राम्रो बेली’ बोलको गीत गाएकी छु । जसको भिडियो तयारी भइसकेको छ । अब केही दिनपछि रिलिज गर्दैछु ।  अरुका तीज गीत धमाधम आइरहेका छन् । तपाइँले किन ढिलो गुर्न भएको नि ?
ढिलो होइन । तीज आउन अझै एक महिनाभन्दा धेरै बाँकी छ । तीज गीत भनेको तीज आउनु दुई साता बाँकी हुँदा ल्याउने हो । तीज गीत भन्ने अनि असारतिरै ल्याउनु भनेको त विकृति हो । तपाइँलाई किन ‘तीज क्वीन’ भनिएको नि ? त्यो त मलाई थाहा छैन । तर, मैले तीज गीत गाउन थालेको करिब डेढ दशक भयो । २०६०/०६१ सालयता निरन्तर तीजमा गीत ल्याउँदै आएकी छु । त्यसैले पनि ‘तीज क्वीन’ भनिएको हुनसक्छ । डेढ दशकयता तीज गीत गाउँदै आइरहनुभएको छ । फरकपनतिर ध्यान दिनुभएको छ कि छैन ? मेरो हरेक तीज गीतहरु फरक–फरक शैलीका हुन्छन् । जति नै फरकपन दिएपनि म आफ्नो नेपालीपन र मौलिकतालाई भने भूल्दिनँ । यसपाली पनि फरक दिनु खोजेकी छु । त्यसै संगीतकार र निर्देशक समेत यसपाली फरक लिएकी छु ।


गायिका भएको नाताले भन्नुपर्दा तीज गीतमा विकृति देख्नु भएको छ कि छैन ? धेरै विकृति छ । यहाँ तीज आउन कहिले–कहिले गीत निकाल्नु हतारिन्छन् । यो पनि विकृति नै हो । तीज गीतका शब्द र शैलीमा पनि विकृति भित्रिएको छ । जसले आम नारीलाई असर गरेको हुन्छ । यसपालीको तीजलाई के–के योजना बनाउनुभएको छ ? यसपटक तीजको संघारमै विदेशको कार्यक्रममा जाँदैछु । नेपालमा पनि धेरै कार्यक्रमहरु छ । यहाँको कार्यक्रम भ्याएर म अष्ट्रेलिया, अमेरिका, आयरल्याण्ड र युके जाँदैछु ।
तपाइँ प्राय तीजको समयमा बाहिरै हुनुहुन्छ है ? हो, तर विदेशमा भए पनि नेपालमा हुने कार्यक्रमहरु भ्याएको हुन्छ । नेपाली नारीको चाड भएकाले मलाई तीज नेपालमै मनाउँदा रमाइलो लाग्छ । यसपालीको तीजमा त ‘वर’ माग्ने होला नि ? वर पाउँ भनेर म व्रत बस्दिनँ । निहाकार व्रत बसेर वर पाइन्छ भन्नेमा मलाई विश्वास पनि लाग्दैन । कार्यक्रममा गाउनुपर्ने भएकाले इनर्जी चाहिन्छ । त्यसैले व्रत बसेर साध्य हुँदैन । तैपनि साउन महिनाभर मन्दिर जाने, हरियो चुरा र सारी लगाउँछु । एकपटक घरजम गर्नु भयो भन्ने हल्ला सुनिएको थियो । के साँचो हो ? होइन, अब अर्को वर्षचाहिँ गर्नु पर्ला भनेर सोच्दैछु । घरजम भन्ने कुरा आफूले भनेर मात्र हुँदैन । लेखेर आउनुपर्छ । यदि कुरा मिल्यो भने अर्को वर्षतिर चाहिँ घरजम गर्छु होला । देश–विदेश घुमिरहनुहुन्छ । तपाइँको मनले खाएका केटाहरु कतै न कतै भेट्नु भएको होला ? मन पराउने र मन पर्नेहरु त कति भेटियो र भेटेँ पनि । तर, मन परेरमात्र हुँदैन । मन पनि मिल्नुपर्छ । अब चाहिँ मन मिल्यो र कुरा मिल्यो भने घरजम बसाल्छु ।
यौन सम्बन्ध भयो ? यो व्यक्तिगत कुरा हो । खोल्न जरुरी ठान्दिन । तर म नेपाली नारी हो बिबाह अघिको यौन सम्बन्ध स्वीकार्न सक्दिन ।

सम्बन्धित खबरहरु