काठमाडौ । वि.सं. २०७५ श्रावण ११ गते शुक्रबार तदनुसार ई. सं. २०१८ जुलाई २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ शुक्लपक्षको पूर्णिमा तिथि, मध्यरात्रीपछि १२:४५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि १२:३४ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो १२:०३ बजेसम्म, त्यसपछि प्रीति योग, विष्टि (भद्रा) करण, मध्यरात्रीपछि १२:४५ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, गुरु पुर्णिमा, गूरु व्यास पूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, खग्रास चन्द्रग्रहण, भक्तपुरमा वीर नदी स्नान, मानस व्रत प्रारम्भ, दिल्ला पुह्नि


आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, १३ गते : द्विपुष्कर योग बिहान ०३ बजेर ०९ मिनेटपछि, मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, १४ गते : द्विपुष्कर योग बिहान ०४ बजेर २९ मिनेटसम्म, प्राणनाथ धामगमन (कृष्णप्रणामी), मूहुर्त : अन्नप्राशन(पास्नी), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दीक्षाग्रहण,

आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उहाँले बताउनुभयो । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । यस्तो दुर्लभ संयोगको दिन कुन राशिको राशिफल कस्तो छ त हेर्नुहोस् ।

सम्बन्धित खबरहरु