नयाँदिल्ली। चर्चित योग गुरु एवं अर्वौ रकमको कारोबार गर्ने पतंजलिका प्रमुख बाबा रामदेवको जीवन कुनै कर्पोरेट विजनेशम्यानको भन्दा कम छैन । गेरुबस्त्रधारी बाबा रामदेवको सुरक्षार्थ छ जना पर्सनल कमाण्डो तैनाथ छन् । भने त्यसबाहेक भारत केन्द्र सरकारले जेड क्याटागोरीको सुरक्षा प्रधान गरेको छ ।

हरियाणाको एउटा सानो गाउँ आएर भारतको मात्रै नभएर संसारको ठूलो योग गुरुको पहिचान बनाउन बाबा रामदेव सफल भएका छन् । उनको पतंजलिका उत्पादन र पतंजलि योगपीठ आज विश्वभर चर्चित छन् । उनको अहिलेको मुख्यालय भने भारतको हरिद्वारमा छ । बाबा रामदेवको पतंजलि ब्रान्डको सम्पत्ति दुई हजार करोड भारतीय रुपैयाँ रहेको बताइन्छ ।

बाबा रामदेव हरियाणा महेन्द्रगढ जिल्लाको अली सैयद्पुर गाउँको सधै ख्याल गर्छन किनकी उनको बाल्यकाल अलीपुर गाउँमा वितेको थियो । १० वर्षको उमेर छदाँ रामदेव आफ्ना उमेरका अरु साथीहरु भन्दा खेलकूदमा कम रुची राख्थें । तर गाउँमा कहिले काही हुने योग शिविरमा भने खुबै चासो दिन्थें ।

यस्ता शिबिरमा उनका उमेरका केटाकेटी कम आउथ्ये । त्यसैले त्यहाँ उनको आफूभन्दा बढी उमेरका मानिसहरुसँग साथ हुन थाल्यो । योगप्रतिको लगावका एक दिन उने घरबार छोडेर ऋषिकेश जाने निर्णय गरे । त्यहाँ उनले कडा साधनाका साथ योग सिके । त्यसपछि उनको जीवनले नयाँ मोड लियो । त्यसपछि उनी टिभी च्यानलहरु योगका टिप्स दिन थाले । साथै उनले योगका शिविर र क्याम्पहरु सञ्चालन गर्न थाले तब घर–घरमा बाबा रामदेव भनेर चिनिन थाले ।

सम्बन्धित खबरहरु