एजेन्सी । गर्मी र मध्य वर्षा को समय त बहुत हैरान बनाउँछ नै चिसोमा पनि यसको समस्या हुन्छ नै । चिसोमा केही कम भएपनि गर्मी बेला साङ्लाको संख्या अत्याधिक हुन्छ । साङ्लालाई मन पर्ने समय गर्मी हो । यसैले यही बेला करोडौ करोड बच्चा उत्पादन गरिरहेको हुन्छ ।

प्राय: सबैको भान्सामा साङ्लाले दुःख दिने गरेको पाइन्छ । साङ्लाले गर्दा दिन दिनै पकाएर राखेको खानेकुरा फाल्नु पर्ने हुन्छ । सुत्ने ओछ्यानसम्म पुगेर कान, नाक जस्ता संवेदनशील अंगमा पसेका घटना अस्पतालमा आउँन थालेका छन् ।

भान्सा कोठामा अध्यारो ठाउँ मन पराउने साङ्लालाई बजारमा पाइने स्प्रेले मार्न त मार्छ तर मानिसको स्वस्थ्यमा पनि असर पुर्याउँछ । र केही समय फेरी भरिइहाल्छन् ।

किनकी साङ्ला तपाईको जमिनमुनिबाट आउँछन् । वाथरुमको पाईपबाट सिँधै भित्र आउँछन् । न यीनीहरु पानी देखि डराउँछन् न त अध्यारो । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोगले गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।

तेजपात : खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

बेकिङ पाउडर र चिनी : एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।

ल्वाङ : ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

सम्बन्धित खबरहरु