काठमाडौ । आउँदो १ भदौबाट नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ मा पशुपंक्षी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ । कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैदको हुने भएको छ ।

उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँँसम्म जरिवाना तोकिएको छ । नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबरहरु