काठमाडौ । सडकमा गीत गाउँदा गाउँदै युट्युवमा भाईरल भएका बाल गायक अशोक दर्जीको “मन बिना धन ठुलो” गीतको ठूलो सफलतापछि दोस्रो गीत सार्वजनिक भएको । बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उर्लावारीमा आयोजित एक कार्यक्रमका बीच उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले यूट्युबमार्फत् भिडियो सार्वजनिक गरेका हुन्।

“झिलमा फुलु” बोलको गीताम मन्जुल मितेरीको शब्द र संगित रहेको छ । गीतकार एव‌ं मूर्तिकार मञ्जुल मितेरीले स्माईल धिमालको जीवनमा आधारमा रहेर गीत रचना गरिएको बताए। कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकटहर उर्फ स्माईल धिमालले नै अभिनय गरेका छन् । सुमन योञ्जनले निर्देशन गरेको भिडियोमा टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपाने, कौशीला राई लगायतले पनि अभिनय गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । क्लिक भनेको ठाँउमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु