काठमाडौ । अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल (कपडा) जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ ।

घाँटीको रुद्रघण्टीसम्म कपडा घुसाएको देखिन्छ, पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताउनुभयो । चिकित्सकका अनुसार घाँटीमा कपडा घुसाएकाका कारण श्वासप्रश्वास रोकिन पुग्दा मृत्यु भएको हो ।

डा. मनि महर्जनको नेतृत्वमा तीन सदस्यीय टोलीले शवको पोस्टमार्टम गरेको थियो । “बालक निशानको हात खुट्टा च्यापेर माथिबाट जवरजस्ती कपडा घुसाएको देखिन्छ,” पोस्टमार्टममा संलग्न एक चिकित्सकले भन्नुभयो, “त्यसपछि पनि मरे नमरेको चाल पाउन दाँया हातले बेस्सरी गला दवाएको देखिन्छ ।”

दबबिप ल्ष्कबल उजयतय ती चिकित्सकले पोस्टमार्टम रिपोर्ट बुधवार नै प्रहरीलाई बुझाइसकेको बताउनुभयो । सो रिपोर्टमा बालक निशानको हत्या आइतवार राति ८ः३० बजेदेखि १० बजे सम्मको बीचमा भइसकेको हुन सक्ने उल्लेख छ ।

निशानका शव विहीवार विहान आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारको सिलसिलामा गत फागुनमा मलेसिया पुगेका निशानका बुबा विहीवार विहान नेपाल आइपुग्दै हुनुहुन्छ । सिन्धुपाल्चोक घरभइ हाल काँडाघारी बस्दै आएका निशान हाईल्याण्ड स्कुलमा कक्षा–६ मा अध्ययरत थिए । आमा र दुई दिदीवहिनीका साथ बस्दै आएका निशानको शव सोमवार ठिमी नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरमा गाडेको अवस्थामा फेला परेको थियो ।

निशानको आइतवार साँझ काँडाघारीबाट अपहरण भएको थियो । निशानको अपहरणपछि हत्या घटनामा संलग्न रहेको अभियोगमा गोपाल तामाङ र अजय तामाङको प्रहरीसँगको ‘‘मुठभेड’ मा सोमवार दिउँसो सूर्य विनायकमा मृत्युभएको थियो ।

अपहरण र हत्यामा संलग्न गोपाल निशानकी आमाले सञ्चालन गरेको खाजाघरका नियमित ग्राहक थिए । गोपालले निशानलाई दिउँसो मोबाइल फोन किनिदिएका थिए र साँझ ७ वजे बच्चालाई सँगै आफ्नो कोठामा लिएर गएका थिए । सोही घरमा भाडामा बस्दै आएका प्रत्यक्षदर्शीका अनुसार, उनीहरू बच्चासँग गफिदै कोठाभित्र छिरेका थिए । तर अपहरणपछि हत्या भएको घटना भने उनीहरूले भोलिपल्ट दिउँसोमात्र जानकारी पाएका थिए । घरमा रङ्ग लगाउने काम गर्छु भन्थे, अरु कुरा त केही थाहै भएन घरधनी श्याम लवटले भन्नुभयो ।

मानवअधिकार आयोगमा उजुरी
‘‘मुठभेड’ का नाममा निर्दोषलाई मारेको भन्दै अजय र गोपालका आफन्तहरू राष्ट्रिय मानवअधिकार आयोग गुहार्न पुगेका छन् । अजयका दाई सोनाम तामाङ र गोपालकी आमाले आफ्नो भाइ÷छोरा निर्दोष रहेको भन्दै मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।  निशानको निर्मम हत्यामा संलग्न रहेको भनिएका अजय र गोपाललाई ‘मुठभेड’ मा मारिएको भन्दै प्रहरीले जवरजस्ती गाडीमा राखेर एकान्तस्थानमा लगेर मारेको आरोप उहाँहरूको छ । तर, निशानका मामा रामकाजी सापकोटा भने भान्जाको निर्मम हत्यामा संलग्नलाई मारिएका प्रति खुशी हुनुहुन्छ ।

हामीलाई गोपालले नै लिएर गयो कि भन्ने शङ्का राति नै थियो, तर परिचित ब्यक्तिले त्यस्तो त गर्दैन होला भन्ने विश्वास लाग्यो । तर, तिनै पापी दुष्टले मारेका रहेछन् । सोही घरमा भाडामा बस्नेहरूबाट थाहा भयो– उहाँले भन्नुभयो ।

अनुसन्धानमा घरभेटीको असहयोग
महानगरीय प्रहरी अपराध महाशाखाले मुटभेडमा मारिएका गोपालको बा–आमा, अजयका दाइ सोनम र घरधनी श्याम लवटलाई पनि निशान हत्या घटनाको मतियारका रुपमा राखेको छ । हत्या घटनालाई ढाकछोप गरी अपराधलाई प्रोत्साहन गर्न खोजेको भन्दै उनीहरूलाई मतियारको रुपमा राख्ने तयारी गरेको हो ।

त्यस्तैं, विहान अपहरणकारी बस्ने कोठा तथा निशानलाई मारिएको घटनास्थल ‘सिल एण्ड सर्च’ गर्न खोज्दा घरवेटीले असहयोग गरेको आरोप प्रहरीको छ । साँझ नै बच्चा लिएर कोठामा गएका ती ब्यक्तिलाई घरवेटी लवटले संरक्षण हुने गरी वयान दिएका थिए ।
कोठामा बच्चा चिच्याँउदा पनि बेवास्ता गर्नु पनि अपराधलाई प्रोत्साहन गरे जस्तै हो, महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भन्नुभयो– अपहरणकारीहरू प्रहरीसँगको मुटभेडमा मारिएसँगै अन्य अपराधका घटनामा नियन्त्रण आउने अपेक्षा गरेका छौं ।

सम्बन्धित खबरहरु