कपिलबस्तु । कपिलवस्तुको दोहनीमा उत्खनन गर्दा इशापूर्व चारसय वर्ष अघिदेखि मानव बस्ति रहेको तथ्य पाइएको छ । यहाँ विश्वकै पुरानो मानव वस्तिको प्रमाण फेला पर्न सक्ने अनुशनकर्ताको अनुमान छ । पुरातत्व विभागको संयोजनमा अन्तर्राष्ट्रिय विज्ञहरु समेत् भएको विज्ञहरुको टोलीले केही समयदेखि उत्खनन गरिराखेको छ।

उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको बैज्ञानिक परीक्षण र अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । नेपाल सरकारको अनुरोधमा बेलायतको दुरहाम विश्वविद्यालयले सन् २०१६ मा भौगोलिक सर्वेक्षण गर्दा जमिनको सतहभित्र ५०-५० मिटरको चारै कोणमा पूर्ण सुरक्षित अवस्थामा गोलाकार बुर्जा भेटेको थियो ।

अहिले पनि बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन तथा अन्वेषण भैरहेको छ। उत्खननमा संलग्न राष्ट्रिय,अन्तर्राष्ट्रिय विज्ञहरुको यो समूहले तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थाल्नुपर्ने बताएका छन्।

अहिले यो समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत सर्भेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी(ग्रामको नयाँ इतिहासका धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्व विभागका अधिकृतले बताए ।

सम्बन्धित खबरहरु