साउदी । रोजगारीको क्रममा साउदीअरबमा ज्यान गुमाएका २४९ जना नेपालीको क्षतिपुर्ती रकम दूतावासले नेपाल स्थित परराष्ट्र मन्त्रालयलाई पठाएको छ। आर्थिक बर्ष २०७४–०७५ मा क्षतिपूर्ती रकम बापत मृतकका कानुनी हकदारहरुले प्राप्त गर्न सक्नेगरि ४० लाख ११ हजार ८५४ साउदी रियल अर्थात नेपाली झन्डै ११ करोड ४३ लाख ३७ हजार ८४३ रुपैयाँ विभिन्न मुद्दा बापत अदालतको फैसला मार्फत प्राप्त गरि परराष्ट्र मन्त्रालयलाई बुझाएको दूतावास स्रोतले जानकारी दिएको छ।

दूतावासले गत आर्थिक बर्षमा ब्लडमनि दाबी गर्न सकिने ४१ वटा मुद्दामा हकदाबी गर्ने परिवारका तर्फबाट आफ्नै उपस्थिति जनाइ मुद्दाको टुंगो लगाएको छ ।जसमा अधिकाम्स सडक रसवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीहरु रहेका थिए जसमध्य १८ जनाको अदालती फैसला अनुसारको ब्लडमनि रकम सम्बन्धित पक्षबाट असुल गरि मृतकका कानुनी हकदारलाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई दूतावासले बुझाएको छ।

यस्तै दूतावासले तत्काल २३ वटा मुद्दाको फैसला अनुरुप असुल गर्ने प्रक्रियामा रहेको र अन्य ५० वटा मुद्दाहरु अदालतको प्रक्रियामा रहेको जानकारी दिएको छ। गत आर्थिक बर्षमा फैसला अनुरुप असुल गरि दूतावासले ब्लडमनि नेपाल पठाएका मृतकहरुमा झापाका भिम भट्टराई, धनकुटाका भुषालदेव लिम्बु, रुकुमकी रिखु जैसी, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देवेन्द्रप्रसाद राय, खोटाङका देवराज राई, गोरखाका एकप्रसाद लामिछाने, सिरहाका जाल मो। रैन, सिराहाकै मुजाहिद सेख, सिरहाका मो जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुँवर, सर्लाहीका रामबाबु साह कानु, ललितपुरका रमेश पुलामी, खोटाङका रामनाथ राई, सिरहाका सलिम मियाँ, खोटाङका सन्तोष खत्री, सिरहाका शिवकुमार यादव र गुल्मीका जयबहादुर सुवेदी रहेका छन्।

साउदी अरबको नियम अनुसार मृतकको आर्थिक अबस्था ,धार्मिक अबस्था र घटनामा निजको गल्तीको हिस्सा सङ मुद्दाको फैसला हुने हुदा ब्लडमनि रकम समेत मुद्दाको प्रकृति अनुसार फरक फरक रहेको दूतावासले जानकारी दिएको छ।

सम्बन्धित खबरहरु