काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्डले सँगै जनयुद्ध लडेका र कम्युनिष्टको दुहाई दिने साथीहरुले आफूलाई हत्कडी लगाएको बताउँदै को ठिक को बेठिक इतिहासले पुष्टि गर्ने बताए । प्रहरीले म्याद थप्न जिल्ला अदालत ल्याउँदा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रकाण्डले आफूहरुले राष्टि«घात र जनविरोधीसँगै भ्रष्टाचार, कालोबजारी, कमिसनखोरको विरोध गरेकै कारण आफूलाई सरकारले गिरफ्तार गरेको बताए । उनले यही विषयमा जनयुद्ध सँगै लडेका साथीहरुले आफू र आफ्नो पार्टीका नेताहरुलाई हत्कडी लगाएका छन् । उनले भने हत्कडी मात्र हैन आफुलाई बलिदानी दिन नै तयार रहेको बताए ।

प्रकाण्डले आफुहरूलाई चरम मानसिक यातना दिएर कम्युनिस्ट नामको ओली सरकारले घोर प्रतिक्रान्तिकारी व्यवहार देखाएको बताएका छन् । आफ्नो पार्टी अहिलेको विद्यमान संविधान र व्यवस्थाका विरूद्ध स्पष्ट राजनीतिक नारा बोकेर अगाडि बढेको पार्टी र यसका नेताहरूलाई गिरफ्तार गरेर कम्युनिस्ट नामको ओली सरकारले बलियो प्रतिक्रान्तिकारी हर्कत देखाएको प्रकाण्डको भनाई छ ।

पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले ओली र प्रचण्डहरूले लिएको गलत नीतिले नेपाली जनता आजित भएको र आफ्नो विचारमा सहमत भएको बताए । उनले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिएको बताए ।

ओली र प्रचण्डको सरकारले आफूहरुलाई राजनीति गर्न नदिएको भन्दै उनले आफूलाई लगाइएको हत्कडी देखाउँदै प्रतिक्रान्तिको यही उदाहरण भएको बताए। जिल्ला अदालत काठमाडौंले प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो । मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जबरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाण्डका सहयोगी बिमर्शको बयनः आँखामा पट्टी बाँधेर रातभरी पाइपले पिट्‍दा संकटकाल सम्झिएँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेका सहयोगी हरिसचन्द्र आचार्य ‘बिमर्श’ आफूलाई प्रहरीले आँखामा पट्टी बाँधेर यातना दिएको बताएका छन् । मंगलबार राति साढे ७ बजे काठमाडौंको चोभारबाट प्रकाण्डसँगै गिरफ्तार परेका सहयोगी आचार्यले प्रहरीले साँझ साढे सात बजे गिरफ्तार गरेलगत्तै आँखामा पट्टी बाँधेर अज्ञात स्थलतिर लगेर याताना दिएकोबारे यसरी बेलिबिस्तार गरे ।

पार्टी कामको सिलसिलामा आफ्नै गाडीमा हिडिरहनुभएका प्रवक्ता कमरेड प्रकाण्डलाई प्रहरीले लामै समयदेखि पछ्याएको जस्तो देखिन्छ । हामी गाडीमा आउदै थियौं । एक्कासी प्रहरीले गाडी रोक्यो । एकैछिनमा हामीलाई हतार हतार आफ्नो गाडीमा राख्यो र आँखामा पट्टी बाँधिदियो । आँखामा पट्टी बाँधेपछि हामीलाई कहाँ लगिदैछ रु के गरिदै छ भन्ने केही अत्तोपत्तो भएन । नियन्त्रणमा लिएलगत्तै बाधिएको हाम्रो आँखाको पट्टी बुधबार बिहान साढे ९ बजेसम्म खोलिएन । राति कहाँ(कहाँ लगेर राखियो भन्नेबारे मलाई सम्झना नै छैन । प्रहरीले राति यति धेरै टर्चर दियो की भनेर साध्य नै छैन । निक्कै निर्दयी तरीकाले बेस्सरी कुट्यो ।

पाइपले पिटाई खाँदा संकटकाल याद आयो

त्यो पाइपले पिटाई खाँदा त संकटकालको झझल्को झल्झली आयो । आँखामा पट्टी बाँधेको छ, खुट्टा, पिठ्यूँ र टाउकोमा पाइपले हिर्काएको छ रातभर । पछि मलाई भुइँमामा लडायो अनि दुइ जना प्रहरीले मेरो खुट्टादेखि टाउकोसम्म खचाखच टेक्यो । प्रहरीको बुटले टेकेको शरीर थिलथिलो भएको महशुस भैराछ । बिहान म उठ्नै नसक्ने अवस्थामा थिए । छाती भित्रैसम्म दुखिरहेको छ । पछाडीपट्टि पिठ्यूँको हड्डी पुरै भाचिएको जस्तो गरी दुखेको छ ।

नेताहरुको नाम लिस्ट राखेर कुट्दै सोधियो

आचार्यलाई प्रहरीले पाइपले पिट्दै नेकपाका केही उच्च तहका नेताहरुको नाम लिस्ट हातमा लिएर बयान लिएको बताएका छन् । प्रहरीले खास गरी ९ जना उच्च तहका नेताहरुको नाम लिँदै यिनीहरु को-को हुन् ? कहाँ-कहाँ छन् रु केन्द्रीय समितिको बैठक कहाँ बसेको हो रु लगायतका बिषय सोधेर निकै मानसिक यातना दिएको बताएका छन् । आचार्यका अनुसार प्रहरीले खासगरी विषम, कन्चन, सुदर्शन, भनेका को हुन् भन्दै यातना दिएको थियो । “मलाइ राती बेस्सरी यातना दिदा प्रहरीले राती नै मार्छ झैँ लागेको थियो । यति कुट्यो की म कसरी बयान गरु त्यसको कुनै सिमा नै छैन यो यातनाको बयान गर्ने कुनै सब्द नै पाइरहेको छैन । यो त हद भयो । फरक राजनितिक पार्टीसँग आस्था राखेकै भरमा यसरी चरम दमन गर्ने हो भने यसको परिणाम के होला रु तपाई आफै अनुमान गर्नुहोस् ‘” आचार्यले भने ।

यसैबीच प्रवक्ता प्रकाण्डलाई पाँच दिनको म्याद थप गरिएको छ । विशेष अदालतले पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रवक्ता प्रकाण्डलाई प्रहरीले जबरजस्ती चन्दा असुल गरेको अभियोग लगाएको छ । सँगै गिरफ्तार भएको हरिचन्द्र आचार्य र मिनबहादुरलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो । दुबै जनालाई पनि सोही अभियोग लगाएको छ । प्रवक्ता प्रकाण्डलाई प्रहरीले मंगलबार साँझ काठमाडौँको चोभारबाट गिरफ्तार गरेको थियो । उनलाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिने भएको छ ।

सम्बन्धित खबरहरु