हामीले राखिएको दृष्य कुनै नाटक वा चलचित्रको हैन । यो बास्तविक हो । झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो की पोखराकी ५४ बर्षकी गोमा पराजुली अहिले कक्षा ४ मा पढ्दैछिन । त्योपनि आफ्ना नाती नातीनासरह स्कुलमै गएर पढिरहेकी छिन् । एउटा सरकारी बिद्यालयमा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरुसँगै बसेर उनी दैनिक रुपमा स्कुल जाने गर्दछिन । ५० बर्ष काटेपछी धेरै मानिसहरु धर्मकर्म तिर लाग्छन । मठ मन्दीर तिरै दैनिकी बित्ने गर्छ । तर गोमा पराजुलीको दैनिकी भने बिद्यालयमै बित्ने गरेको छ ।

शुरुमा उनी स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षकहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो । अहिले उनी रमाई रमाई टाई सहितको ड्रेस लगाएरै स्कुल पुग्छिन् । र राम्रोसँग पढ्छिन् । विद्यालाई उमेरले छेक्दैन । पढ्न जुनसुकै उमेरमा पढेपछि फरक पर्दैन । कसले के भन्ला की भनेर अलमलमा हुनुहुन्छ भने अब पाको उमेरमा पढ्दा त झनै प्रशंसा मिल्छ । यो प्रेरणादायी समाचार जति सक्दो सेयर गरौँ । धेरैजसो अशिक्षित अभिभावक रहेको हाम्रो समाजका हजुरआमा, आमा, दिदिहरुलाई र हजुरबुबा, बु्बा, दाजुहरुलाई पढाऊँ । सक्दो सेयर गर्नु ।

सम्बन्धित खबरहरु