सेनाको हेलिकप्टरमा चितवन पुगेर गृहमन्त्रीले भने इन्काउन्टर भएकै हो, फेक भन्नु हल्ला मात्र


चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले हिजोसम्म अन्यौलता राख्दै भक्तपुरमा भएको इन्काउन्टरबारे छानविन गर्ने जवाफ दिँदै हिँडेका थिए । तर आज बिहानै नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला चितवन पुगेका बादलले उक्त इन्काउन्टर सही भएको दावी गरेका छन् । अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको भन्दै गर्व गरेका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र हो त्यो इन्काउन्टर नै भएको स्पष्ट समेत पारे । उनले भने मेरो प्रहरी कमाण्डरसँग मसिनो तरिकाले कुरा भयो त्यो इन्काउन्टर शंका गर्न आवश्यक छैन ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग प्रस्तुत भएका गृहमन्त्री बादलको ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी थियो । फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने, ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’ यसैवीच गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्