काठमाडौ । काठमाडौँको एक रेष्टुरेन्टमा काम गर्ने युवती मृत अवस्थामा भेटिएकी छन्। काठमाडौँको जडिबुटीस्थित रोमान्स रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतार नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सुत्ने विस्तारामै मृत भेटिएकी हुन्।

रेष्टुरेन्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गलत खानपान र ब्यवहारका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आँकलन छ । यद्यपी पोष्ट मार्टम रिपोर्ट नआइकन भारतीको मृत्युको कारण यही हो भन्न नसकिएको प्रहरीले जनाएको छ । यस बारे बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबरहरु