काठमाडौ । आज अगष्ट ११ अर्थात श्रावणको २६ गते शनिबार । अहिले सूर्य ग्रहण लागिरहेको छ । ज्योतिष शास्त्र अनुसार आज दोस्रो प्रहरमा अग्रेजी महिनाको बर्षकै अन्तिम सूर्यग्रहण लाग्दै छ । यो ग्रहण यो सालको अन्तिम तथा पाँचौ सूर्यग्रहण हो । नेपाली समय अनुसार सूर्यग्रहण अहिले दोस्रो प्रहरण १ बजेर ४७ मिनटदेखि शुरू भएको छ ।

ग्रहण साँझ ५ बजेर १६ मिनटसम्म रहनेछ । यो सूर्यग्रहणको सूतक हिँजो राति १२ बजेदेखि नै शुरु भएको छ । यसको प्रभाव आज राति १ बजेर ४७ मिनेसम्म रहनेछ । अहिले आकाशमा केही यस्ता दृष्य देखिएका छन् । जुन नेपालभन्दा बाहिरका हुन् । यो ग्रहण उत्तर–पूर्वी यूरोप, रूस, कज़ाकिस्तान, तिब्बत बाहेक सम्पूर्ण चीन, मंगोलिया, उत्तर र दक्षिण कोरिया तथा कनाडाको उत्तरी भागबाट खण्डग्रास सूर्यग्रहण देखिँदैछ । यो सूर्यग्रहण आंशिक हो । ८ तस्विर हेर्नुहोस् ।

सम्बन्धित खबरहरु