काठमाडौ । अब यौन सम्बन्धमा राज्य झनै कडा भएको छ । मुलुकी अपराध (संहिता) एेन, २०७४ अनुसार कुनैपनि १८ बर्ष भन्दा कम उमेर भएकी किशोरीसँग राजीखुशीमै यौन सम्बन्ध राखेपनि त्यो बलात्कार ठहर हुनेछ । यसअघिको मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । त्यसमा उमेरको हद झनै बढाइएको छ । अब २ बर्ष बढाएर १८ बर्ष कायम गरिएको छ ।

यसैगरी पहिलेको कानूनमा १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने व्यवस्था गरेको थियो । अब त्यो पनि बदलिएको छ । भदौ १ देखि लागू हुने नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मान्ने छ । नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले समाजमा देखिएको यौनिक उदारतालाई केही कसिलो बनाउने प्रयास गरेको छ ।

योसँगै नयाँ कानून संहिताले कुनै पुरुष र महिलावीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिएमा उनीहरुवीच विवाह भएको मानिने छ भनेको छ । त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधानपनि मुलुकी संहितामा छ ।

सम्बन्धित खबरहरु