काठमाडौ‌ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएका छन् । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता संजीवराज रेग्मीका अनुसार अब कानून थाहा भएन भनेर गल्ति गर्ने छुट कुनैपनि नागरिकलाई छैन । उनले भनेका छन् एक अर्कामा सेयर गरेर भएपनि हरेक नागरिकले कानून जान्नैपर्नेछ ।

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन भदौ १ गतेदेखि लागू भएर मुलुकी ऐनलाई प्रतिस्थापन गरेको छ । भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ ।

यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ । अहिले प्रतिस्थापन ऐनका रुपमा आएको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको प्रवक्ता रेग्मीले बताउनुभयो । यो ऐनलाई तल अपलोड गरिएको छ । आफुले पढेपछि सेयर गरिदिनुहोला । कानून पालना गर्नु हरेक नागरिकको दायीत्व हो । कानून थाहा भएन भनेर कोहीलाईपनि छुट हुनेछैन ।

 

सम्बन्धित खबरहरु