एजेन्सी । चिया भन्ने वित्तिकै हामी सेतो, कालो वा हरियो भन्ने बुझ्छौ । किनकी धेरैलाई थाहा छैन । चियापनि धेरै प्रकारका चुस्किदार बन्दछन् । धेरैले दुध, दालचीनी, चीनी वा केही ताजा मसाला मिलाएर बनाएको थाहा पाउनुभएको होला । मनसुनको मजा बढाउने तपाईको इम्यून सिस्टमलाई मजबूत बनाउने केही चियाका बारेमा आज हामी बताउँदैछौ । चिया रोगको पोको भन्ने सुन्नु भएको होला । तर चिया बनाउन जाने औषधीको बुटीपनि हो । आउनुहोस् आज ८ प्रकारका चियाको बारेमा कुरा गरौँ ।

धेरै मानिसको रोजाईको पेय पदार्थ हो चिया । धेरै मानिस बिहान उठ्नासाथ चियाबाट दिनको सुरुवात गर्दछन् । मौषम बदलियो, झरी पर्यो चियाको याद आइहाल्छ । अझ चियाका विविध प्रकार बनाएर चुस्कि लिनेहो भने मन प्रशन्न मात्र हुँदैन स्वास्थ्यलाईपनि फाईदा गर्छ ।


सुलेमानी चिया
सुलेमानी चिया हेर्दा त ब्ल्याक टी जस्तै देखिन्छ । यसरी नै बनाईन्छ । तर यसको मज्जा बेग्लै छ । स्ट्रेस हटाउनका साथै इम्यूनिटी पावर बढाउनका लागि यो चिया सेवन गर्न सक्नुहुनेछ । यो चिया दूध राखेर वा दूध विना नै बनाउन सक्नुहुन्छ । झरी परेको दिन एंटीबैक्टीरियल र फंगल इंफेक्शनबाट बच्नका लागि पनि यो चिया खान सक्नुहुन्छ । यो नीम र कागती राखेर, स्वाद अनुसार चीनी राखेर वा नराखि बनाउन सक्नुहुन्छ । यो चियाले पेटको किरा समेत खलास गर्नेछ ।


कश्मीरी चिया
यो चियामा सुख्खा मेवाका टुक्रा, दालचीनी र अरु ताजा मसाला मिलाएर बनाउन सक्नुहुन्छ । यसले मनसुनमा ज्यादै मज्जा दिन्छ । तपाईको इम्यून सिस्टमकोपनि यसले मजबूत बनाउँछ । यसका साथै यो चियाको सेवनले चीसोमा हुने विभिन्न संक्रमणबाट बचाउ गर्दछ ।

कटिंग चिया
कटिंग चियामा अदरक, दालचीनीले मानिसका कयौँ रोगबाट बचाऊँछ । यो चियामा यही राखेर बनाईन्छ । यसले पेटका अधिकांश रोग निको पार्छ ।

मैंगो ग्रीन टी
चीसो वा पानी परेको बेला मैंगो ग्रीन टीले तपाईलाई धेरै फाईदा दिन्छ । विटमिन ए, बी र सीको गुणले तपाईलाई ठिकठाक राख्दछ । मोटोपनलाईपनि यसले ठिकठाक राख्दछ ।

दरबारी कहवा
पारम्परिक मसालाबाट यो चिया तयार हुन्छ । यो चियाले एंटी एंजिग ड्रिंक जसरी काम गर्छ । यसको सेवनले कलेस्ट्रॉल लेवलपनि कंट्रोल गर्नुका साथै वजन घटाउन सहयोग गर्छ ।

नीम र कागती चिया
एंटी बैक्टीरियल र एंटी फंगल गुणले भरपूर यो चिया सेवनले तपाईलाई हरेक मौषममा दुरुस्त राख्दछ । यसका साथै पेटमा किरा हुने समस्या, हार्टबर्न, कब्ज, हार्ट डिसीज र कैंसरका खतराबाट बचाउछ ।


रोज डिलाइट
स्वाद मा टेस्टी हुनुका साथ साथ यो चियाको सेवनले तपाईको पाचन प्रणाली ठिक राख्नेछ । यसको सेवनले तपाईको छालापनि चम्किनेछ ।

सम्बन्धित खबरहरु