काठमाडौ । ब्राजिलका स्टार फुटबलर रोनाल्डोलाई निमोनिया भएको छ । निमोनियाको संक्रमण भएपछि उनलाई स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई सोमबार अबेरसम्ममा अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ ।

४१ वर्षका रोनाल्डो गएको शुक्रबारदेखि अस्पतालमा छन् । रोनाल्डोसहितको ब्राजिलियन टिमले सन् २००२ मा जर्मनीलाई हराएर विश्वकपको उपाधि उचालेको थियो । उनले ब्रालिका लागि ६२ गोल गरेका छन् । रियल मड्रिड, बार्सिलोना, इन्टरमिलान तथा एसी मिलानका पूर्व खेलाडी रोनाल्डोले ट्वीट गरेर माया र सद्भावका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबरहरु