नयाँदिल्ली । भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ। चटर्जीको ८९ वर्षको उमेरमा सोमबार कोलकाताको अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी कम्युनिष्ट पार्टीबाट लोकसभामा अध्यक्ष हुने पहिलो हुन्। चटर्जीलाई आइतबार ह्रदयघात भएपछि भेन्टिलेसनमा राखेर उपचार गराइएको थियो। उनी मे २००४ देखि २००९ सम्म लोकसभा अध्यक्ष बनेका थिए। भारतीय कम्युनिष्ट पार्टीबाट ४० वर्ष संसदको प्रतिनिधीत्व गरेका उनी जीवनकालमा पहिलो पटक सन १९८४ मा ममता बेनर्जीसँग पराजित भएका थिए। चटर्जीका श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्बन्धित खबरहरु