काठमाडौ । आज साउनको अन्तिम सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । ब्रत बसेका ब्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर ब्रत बसेमा शिव खुसी भई आफुले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

दर्शनार्थीको घुँइचोका कारण आज पशुपति आसपासका क्षेत्र जोरपाटी, चाबहिल, जयबागेश्वरी, गौशला र एयरपोर्टमा गाडीको चाप छ । यसैगरी भक्तपुरको ढोलेश्वर, खोटाङ्गको हलेसी लगायत देशभरीका शिवालयहरुमा विशेष घुईचो अझै छ । हेर्नुहोस् देशभरीका तस्विरहरु

[caption id="attachment_154484" align="aligncenter" width="1800"] साउनको अन्तिम सोमबार धरानको पीण्डेश्वर शिवालय मन्दिरमा जल चढाउन लामबद्ध भक्तजन । तस्वीर : याम प्रधान, इटहरी, रासस[/caption]

[caption id="attachment_154486" align="aligncenter" width="1800"] साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरको शिवलिङगमा पूजा गर्दै भक्तजन । तस्वीर : नवीन पौडेल, रासस[/caption]

[caption id="attachment_154487" align="aligncenter" width="3000"] साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लामबद्ध भएर बसेका भक्तजनहरु । तस्वीर : नवीन पौडेल, रासस[/caption]

[caption id="attachment_154489" align="aligncenter" width="3000"] साउन महिनाको अन्तिम दिन सोमबार बेनीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा पुजा गर्न आएका भक्तजनको भीड । तस्बिरः कमल खत्री, बेनी,रासस[/caption]

[caption id="attachment_154490" align="aligncenter" width="3000"] काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमबार टीका लगाउदै भक्तजन । तस्वीर : नवीन पौडेल, रासस[/caption]

[caption id="attachment_154491" align="aligncenter" width="1800"] साउनको अन्तिम सोमबार धरानको पीण्डेश्वर शिवालय मन्दिरमा जल चढाउन लामबद्ध भक्तजन । तस्वीर : याम प्रधान, इटहरी, रासस[/caption]

[caption id="attachment_154494" align="aligncenter" width="1800"] काभ्रेपलाञ्चोक जिल्लाकोे धनेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार शिवलिङगमा पूजा गर्दै भक्तजन । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस[/caption]

सम्बन्धित खबरहरु