काठमाडौ । ट्रेड युनियनमा आवद्ध कर्मचारीहरु फुकेको साँडे बराबर छन् । राज्यका कुनै निकाय र पदाधिकारीलाई नटेर्ने दादागिरी उनीहरुमा छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा यस्तै देखिएको छ । सिंहदरबारको कार्यालयभित्रै एक जना उपसचिव तीनै साँडेबाट कुटिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीबाट कुटिएका हुन् । स्रोतका अनुसार उपाध्यक्ष भण्डारीले आफूले सिफारिस गरे अनुरुप एक कर्मचारीको सरुवा नगरेको भन्दै उनीमाथि मुक्का प्रहार गरेका थिए । सो क्रममा गमलासमेत फुटेको थियो ।

 

सम्बन्धित खबरहरु