भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटको शीर्ष बयिताबाट बाहिरिएका छन् । इंल्याण्डसँगको पराजयसँगै कोहली शीर्ष बरियताबाट बाहिरिएका हुन् ।उनलाई पन्छाउँदै अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ फेरि टेस्ट क्रिकेटको विश्व नम्बर एक टेस्ट ब्याट्सम्यान बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा एक साता अघि मात्र शीर्ष स्थानमा उक्लिएका विराट कोहलीलाई पन्छाउँदै पुनः अस्ट्रेलियाका पूर्व कप्तान स्मिथ शीर्ष स्थानमा आएका हुन् । स्मिथ विराट शीर्ष स्थानमा आउनुअघि ३२ महिनादेखि लगातार टेस्ट ब्याट्सम्यानको बरियतामा शीर्ष स्थानमा रहँदै आएका थिए।

बल-टेम्परिङ मामिलामा १२ महिनाको प्रतिबन्धमा रहे पनि फेरि उनी शीर्ष बरियतामा आएका हुन्। इंग्ल्याण्डसँगको पहिलो टेस्टमा बनाएको शतक र अर्थशतकपछि कोहली टेस्ट ब्याट्सम्यानको विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएका थिए। तर, दोस्रो टेस्टमा खराब प्रदर्शन गर्दै कुल ४० रन बनाएपछि शीर्ष स्थानमा पुगेको एक सातामै पछि परे। -एजेन्सी

शीर्ष १० भित्र पर्न सफल टेष्ट खेलाडी यी हुन्-

  • -स्टिभ स्मिथ, अस्ट्रेलिया
  • -विराट कोहली, भारत
  • -जो रुट, इंग्ल्याण्ड
  • -केन विलियम्सन, न्युजिल्याण्ड
  • -डेविड वार्नर, अस्ट्रेलिया
  • -चेतेश्वर पुजारा, भारत
  • -दिमुथ कारुनारात्ने, श्रीलंका
  • -दिनेश चण्डिमाल, श्रीलंका
  • -जोनी बेयर्स्टो, इंग्ल्याण्ड
  • -डिन एल्गर, दक्षिण अफ्रिका

सम्बन्धित खबरहरु