मुम्बई । भारतीय सिने क्षेत्रमा पछिल्लो समय एकदमैं चर्चामा रहेको नाम हो आलिया भट्ट उनी बेलाबेलामा हरेक माध्यमहरुबाट चर्चामा आइ रहेकी हुन्छिन । अहिले सामाजिक संजालमा अभिनेत्री आलिया भट्ट र चर्चित अभिनेता रनवीर कपुरको प्रेम सम्बन्धाई लिएर एकदमैं चर्चा भइरहेको छ । उनीहरु पछिल्लो समय सँगैं पार्टीमा जाने साथैं कार्यक्रमहरुमा सँगैं जाने गरेका छन । एक कार्यक्रममा संचारकर्मिको विवाहसँग सम्बन्धित प्रश्नमा आलियाले आफुंले अफवाहहरूमा ध्यान दिन नचाहेको बताइन । उनले आफुले यस्ता विषयहरुका बारेमा कुरा गर्न समेत नचाहेको भन्दै आक्रोश व्यक्त गरीन । अफवाहहरू सत्यमा टेकेर होईन विनाआधार फैलने उनले जिकीर गरीन । उनले हर कसैको व्यक्तिगत जीवन र व्यवसायिक जीवन फरक हुने भएको हुनाले आफ्नो व्यक्तिगत जीवनका बारेमा फैलाइएको हल्लाले आफुलाई दुःख लागेको समेत बताएकी छिन । उनले आफुं आफ्नो व्यवसायिक जीवनलाई लिएर धेरै खुसी भएको र रनवीरसँग कुनै समस्या नभएको बताएकी छिन ।

सम्बन्धित खबरहरु