काठमाडौ । बेलायतमा एकजना महिलालाई अनौठो इच्छा जागेको छ । उनलाई भूत बच्चा जन्माउने इच्छा जागेको छ । उनको इच्छाले मात्र चकित हैन अहिले उनको दावीले दुनियाँ चकित बनेको छ । उनले भूतसँग प्रेम रहेको दावी गरेकी छिन् । प्रेम मात्र हैन भूतसँग यौन सम्बन्ध राखेको समेत उनको दावी छ । उनको यो दावीले दुनियाँ चकित बनेको छ ।

उनको नाम एमथिस्ट रिल्म हो । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ । उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् ।

३० वर्षकी रिल्मको दाबीलाई मान्ने हो भने पछिल्लो ११ वर्षयता उनी अनेक खालका कम्तिमा २० वटा भूतहरुको सम्पर्कमा छिन् । आफूलाई मान्छेसँग भन्दा भूतसँग समय बिताउन मन पर्ने उनी बताउँछिन् । ६ महिनाअघि उनले अष्ट्रेलिया भ्रमणका क्रममा एउटा नयाँ भूत भेट्टाइन् । त्यो भूतसँग उनको गहिरो प्रेम बस्यो । उनी आफ्नो भूतप्रेमीस्ँग निकै खुसी छिन् ।

आफूले आफ्नो भूतप्रेमीलाई देख्न नसक्ने तर महसूस गर्न र यौनसम्पर्क गर्न भने सक्ने उनको दाबी छ । भूतप्रेमीसँग प्रेम बसेपछि उनले उक्त प्रेमीलाई आफूसँगै बेलायत लिएर आएकी छिन् अरे । अहिलेसम्म आफूले २० जना भूतसँग यौनसम्पर्क गरिसकेको उनको दाबी छ । भूतसँगको सम्भोग वास्तविक मान्छेसँगको सम्भोगभन्दा आनन्ददायी हुने भन्दै उनले अब भूतबच्चा जन्माउन चाहेको बताएकी छिन् ।

सम्बन्धित खबरहरु