काठमाडौं । श्रावन शुल्क पञ्चमीलाई नागपञ्चमी तिहारको रूपमा मनाईन्छ । यो वर्ष नागपञ्चमी भोली हिन्दु धर्मालम्बीहरुले विभिन्न मन्दिरहरुमा गएर नागदेवताको पुजा गर्दै मनाउने गर्दछन । सनतन परम्परा देखि नाग अर्थात सर्पको ठुलो महत्व रहँदै आएको छ । यो विश्वास छ कि आजको दिन नागपंचमीमा नाग देवताको पुजाअर्चना गर्नाले तपाईको सबै दुःख पिडा कम भएर जान्छ र तपाईमाथि नाग देवताको कृपा भइरहन्छ । आउँनुहोस जानौं नागपंचमीसँग जोडिएका केही महत्वपुर्ण कुराहरु ।।

यो विश्वास छ कि श्रावण शुक्ला पंचमी को तिथिमा सबै नागहरु आफुलाई श्रापबाट मुक्तिको लागि भनेर ब्रह्रमाजीको चरणमा गएका थिए । त्यसपछि ब्राह्मजीजीले उनीहरुलाई अभिशापबाट बचाउनु भएको थियो,त्यसै दिनलाई अहिले नागपंचमी भनेर मनाउँने गरिएको छ ।

एक दोस्रो कथन पनि प्रचलित छ, जहाँ ब्रह्म्माजीले पृथ्वीको भारलाई नियन्त्रण्मा लिनको लागि नागलाई शेषनागको रुपमा अलंकुत गरेका थिँए, त्यसैले श्रावन शुक्ल पंचमीमा नाग देवताको उपासना गरिन्छ ।

यसबाहेक, भगवान कृष्णले श्रावन शुक्ल पंचमीको दिन कालिया नागलाई नष्ट गरेर समस्त गोकुल वासीलाई बचाएका थिँए । यसकारण अहिले पनि नागपंचमी मनाउने गरिन्छ ।

अर्को विश्वासको अनुसार, वासुकी नामको नाग समुद्री जहाज मा एक डोरीको रूपमा प्रयोग गरिएको थियो । यस कारण श्रावन शुक्ल पंचमीको दिन नागपंचमी मनाईन्छ ।

अर्को मान्यता अनुसार, एक किसानका दुई छोरा र छोरी र पत्नी थिए, एक दिन उनीहरु खेत जोत्नको लागि भनेर खेतमा गएका थिँए । हलो जोत्ने समयमा किसानले सर्पका तीन बच्चाहरुलाई किचेर मारिदीएको थिँयो । त्यसैको बदला लिन सर्पले राती किसानको घरमा गएर उसको दुई छोरा,पत्नी र उसलाई डसेको किंवदन्ती रहेको छ । अर्को दिन, जब सर्पले छोरीलाई डस्न खोज्यो तब, किसानकी छोरीले दूध दिएर सर्पलाई प्रशन्न बनाएकी थिइन र आमाबाबुको लागि क्षमा दिन प्रार्थना गरेकी थिइन । त्यसपछि नागमाता खुशी भइन र सबैलाई जीवन दिएको कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु