काठमाडौ । प्रेम संगीत म्युजिक प्रालीको प्रस्तुतिमा गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा “ ट्याक्सी डाईभर” को भिडियो सार्वजनिक भएको छ । लोक गीत संगीतमा आफनो लय, शब्द तथा गायकी क्षेमतालाई श्रोता दर्शक माझ निरन्तर पस्किदै आएका गायक दिपक थापा मगरले नयाँ तीज गीत बजारमा लिएर आएका छन् । नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा गीत ल्याएको उनले बताए । गीतमा दिपक थापा मगर र गायिका देवि धर्ति मगरको आवाज रहेको छ ।


लिलाधर पोखरेलको शब्द तथा रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । गीत निकै सन्देश मुलक रहेको छ । बजारमा आइरहेका अन्य गीतहरुभन्दा भिन्न गीत रहेको गायक दिपकले बताए । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा निशा लामा , आशुष्मा कार्कि र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक शब्दमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु